काठमाडौँ, कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ ।
दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादुन जानुभएका उहाँ सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो ।परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उहाँको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ ।
तेइस वर्षीया निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गर्नु भएको थियो ।
तस्बीरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो ।
दाहालले राखेको तस्बीरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशालाई अस्पतालले ल्याई तत्काल निःशुल्क उपचार शुरुआत गर्नुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****