१ सय ४३ किलो लागुऔषध गाँजासहित ३ जना पक्राउ

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्‍याङमा रोकिराखेको कन्टेनरलाई चेकजाँच गर्दा कन्टेनरको केविनमा लुकाई ल्याइएको १ सय ४३ किलो ३ सय ग्राम गाँजासहित ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पक्राउ पर्नेमा कन्टेनर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर–५ सिगार्से बस्ने बर्ष २८ का सनक बहादुर तामाङ, सह–चालक बाह्रबिसे–८ मानेश्वमरा बस्ने बर्ष २४ का सोमे तामाङ र कन्टेनरमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–१ गल्छराङ बस्ने बर्ष १८ का सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+