१२ वर्षका बालकले करिब ५ लाख रुपैयाँको हतियार किने, आमाको खाताबाट ३ महिनामा पैसा गायब

अनलाइन गेमिङ बालबालिकाका साथै उनीहरुको परिवारमाथि पनि भारी पर्न थालेको छ । यसका कारण भारतको छत्तिसगढको कांकेरमा एक महिलाले तीन महिनामा ३.२२ लाख भारु (पाँच लाख रुपैयाँ बढी) गुमाउनु परेको छ । यो रकम उनको खाताबाट काटिएपछि उनले अनलाइन ठगीको आशंकामा एफआईआर दर्ता गराइन् । प्रहरीले आफ्नो अनुसन्धानमा महिलाकै १२ वर्षका छोराले गेमको लेभल अपग्रेड गर्ने चक्करमा यो गेममा प्रयोग हुने हतियार खरिद गरे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जानकारीका अनुसार पीवी–१२ मिडिल स्कूलकी शिक्षिका शुभ्रा पालको खाताबाट ८ मार्चदेखि १० जूनको बीचमा २७८ पटक ट्रानजेक्सन भयो । यतिबेला उनको खाताबाट ३.२२ लाख भारु निकालियो । यो विषयमा उनले ११ जूनमा थानामा नै उजुरी दिइन् । रोचक कुरा के रह्यो भने पैसा निकाल्नका लागि उनको मोबाइलमा एकपटक पनि वान टाइम पासवर्ड (ओटीपी) आएन । यस्तोमा यसलाई असाध्यै चलाखले अनलाइन ठगी गर्ने नयाँ तरिका मानेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।खातामा राखिएको मोबाइल नम्बरबाटै ट्रान्सफर गरियो पैसाःबैंकबाट प्राप्त जानकारी अनुसार खातासँग लिंक गरिएको मोबाइल नम्बरबाटै पैसा ट्रान्सफर गरिएको हो । यी रुपैयाँको प्रयोग अनलाइन गेम खेल्ने र गेमिङ लेभललाई अपग्रेड गराउनमा गरिएको छ । यो मोबाइलबाट महिलाका छोराले ‘फ्री फायरࡆ गेम खेल्ने गर्दथे, त्यसैले उनीमाथि सोधपुछ गरियो । त्यसपछि मात्रै यसबारे वास्तविकता उजागर भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+