१० बुँदे प्रस्ताव कार्यान्वयन गर्न एमालेले बनायो ६ सदस्यीय कार्यदल

Samchar

नेकपा एमालेले १० बुँदे सिफारिसमा आधारित निर्णय कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले उक्त कार्यदल गठन गरेको हो । कार्यदलमा उपाध्यक्ष भीम रावल,महासचिव ईश्वर पोखरेल उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

त्यस्तै बैठकले पारित गरेको प्रस्तावमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । त्यस क्रममा जेठ २ को सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, एकीकरणका क्रममा जेठ ३ पछि प्रदान गरिएका सदस्यता सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने एमालेले निर्णय गरेको छ । एमालेले विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमा छलफल गर्न आगामी भदौ २५ र २६ गते स्थायी कमिटी र २७,२८ गते केन्द्रीय समितिको बैठक आयोजना गर्ने भएको छ ।

एमालेले मङ्सिर १० देखि महाधिवेशन गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकले माधव नेपालको पार्टीमा गएकाहरूको हकमा कार्यदलले टुङ्गो लगाउने र पार्टीका केन्द्रीय निकाय र विभागहरूलाई पूर्णता दिने कार्यदललाई जिम्मा दिएको छ । नेकपा एमालेले विभाजित भएर गएको समूहलाई मूलधारमा फर्किन आह्वान गर्दै आएको खण्डमा उनीहरूमाथि पूर्वाग्रह नराख्ने प्रस्ताव पारित गरेको छ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

एमालेले कहिले के गर्दैछ ?

–दश बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल गठन २०७५ जेठ २ लाई आधार मानेर सदस्यता नवीकरण गर्ने ।

–एकीकरणका क्रममा आबद्ध भएका र जेठ ३ पछि सदस्यता लिएकाहरूको सदस्यता जिल्ला कमिटीले नवीकरण गर्ने ।

–जेठ ३ पछि सदस्यता लिनेहरूको हकमा ७७ चैतदेखि ७८ चैत सम्मको सदस्यता शुल्क लिने ।

–२०७८ असोज मसान्तसम्म सदस्यता नवीकरण गरिसक्ने ।

–विधान महाधिवेशन ७८ असोज ४,५, ६ गते र दशौँ राष्ट्रिय महाधिवेशन ७८ मङ्सिर १० देखि १२ मा काठमाडौँमा गर्ने ।

–विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमाथि छलफल गर्न २०७८ भदौ २५ र २६ गते स्थायी र २७,२८ केन्द्रीय कमिटी बैठक आयोजना गर्ने ।

–पार्टीका स्थानीय कमिटी व्यवस्थित गर्न देशभर ७८ कार्तिक ६ वडा सो सरहका अधिवेशन र कार्तिक ९ मा पालिकास्तरको अधिवेशन गर्ने ।

–७८ भदौ १६ देखि २० मा केन्द्रीय प्रशिक्षकहरूको उपस्थितिमा जिल्ला कार्यकर्ता भेला र जनसङ्गठनको भेला गर्ने ।

–केन्द्रीय कमिटी बैठक ७८ भदौ १० मा काठमाडौँमा गर्ने ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *