काठमाडौं। एटिएम मेसिन फुटाएर त्यसभित्र राखिएको पैसा निकाल्ने प्रयासमा सफल हुन नसकेपछि चोरहरुले एटिएम मेसिन नै उखेलेर पिकअप गाडीमा हालेर लिएर गएका छन् । भारतको राजस्थान राज्यको जोधपुरमा भएको यो घटनामा चोरहरुले एटिएम उखेलेर लिएर गएको सीसीटिभी फुटेजबाट थाहा भएको छ । पुलिसले यी चोरहरुको खोजी गरिरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
न्यूज १८ का अनुसार भावी गाउँ पंचायतको सिरवियों टोलमा युको बैंकको शाखाछेउमा राखिएको एटिएम चोरी भएको हो । स्थानीयको सूचनापछि घटनास्थल आएको प्रहरीले आसपासका सीसीटिभी फुटेज खोज्दा चोरहरुले एटिएम मेसिन नै उखेलेर पिकअप गाडीमा हालेर लिएर गएको देखियो । बैंक प्रबन्धनका अनुसार मेसिनमा १० देखि १२ लाख रुपैयाँ थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****