होम आइसोलेसनमा बसेकालाई अक्सिजन कम भए कुन औषधी खाने ? डा. अनुप सुवेदीको सल्लाह ।

स्वास्थ्य : घरमा बस्दाबस्दै अ’क्सिजन मात्रा घट्न थाले को-भिडका बि’रामीले के गर्नैपर्छ ? (भर्ना गरेर अक्सि’जन, अन्य उ’पचार लिन नपाउँदा)

 

उत्तरः स्टेरोइड औ’षधी खान शुरु गरिहाल्ने। यो को-भिडको सबैभन्दा महत्त्व’पूर्ण, प्राणदायी औषधी हो। याद रहोस्, अ’क्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अ’क्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।

 

अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अ’क्सिजन कम भएको मानिन्छ। कि त Tab Methylprednisolone 32 mg (१६ mg को

 

२ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक कि त Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक कि त Tab Prednisolone 40 mg दिनको १ पटक

खाना पछि खाने।

 

यो औषधीले ब्लड सुगर बढाउने हुनाले म’धुमेहका बि’रामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको पराम’र्शमा मधुमेहका औ’षधीको डोज बढाउने वा केही दिनलाई इन्सु’लिन लिनुपर्ने हुन सक्छ।

 

औषधी खान थाले पनि अक्सि’जनको जोहो गर्न वा अस्पतालमा भ’र्ना गर्ने कोशिश गर्न भने छोड्नु हुँदैन। तर यो औषधी शुरु गर्दा रोगको वेग केही म’त्थर हुने, समय किनिने र केहीलाई चाहिं अक्सि’जन सुरु गर्नै नपर्ने हुन सक्छ।

 

यी औषधी बजारमा प्रशस्त छन्। सबैले आफूलाई आवश्यक परेको बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गु’ञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृ’त्रिम अभाव नगराऔं। असाध्यै जटिल बन्दै गएको परि’स्थितिमा, अस्पताल

 

भर्ना गरेर उप’चार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसै गरी उपचार गर्न सल्लाह दिइरहनुपरेकोले अरू असङ्ख्य मानिस यस्तै परिस्थितिमा भएको आँकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नै पर्ने भएकोले यो लेख्दैछु।

 

(डा. सुवेदीले सामाजिक संजाल ट्वीटरमा उल्लेख गरेको यो सामग्री को’भिड संक्र’मण भएर घरमै आइसोलेसनमा बसेका विरामीको लागि उपयोगी हुने महसुस गरी यहाँ राखिएको हो ।

Leave a Comment