हेर्दा हेर्दै पार्किङ गरेको राखेको कार जमिन भित्र पसेपछी …. (भिडियो हेर्नुस्)

एजेन्सी । अहिले नेपाल र भारत लगायतका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । वर्षाका कारण जमिन भिजेको छ । भिजेको जमिन भएकाले एक जना कार मालिकले नसोचेको घटना भोग्नु परेको छ । उनलाई लाखौंको नोक्सान भएको छ । मनसुन वर्षाले भिजेको भारतको मुम्बईमा पार्किङ गरिएको एउटा कार पुरानो इनारभित्र खसेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

लगभग ४० वर्षअघि इनार छोप्दा गरिएको ढलान भत्किएर कार भित्र खसेको प्रहरीले बताएको छ। कार मालिकले ुयस्तो घटना हुन्छ भनेर सपना पनि नसोचेकोु र त्यहाँ इनार भएको थाहा नभएको बताएका छन्। घटनामा कुनै मानविय क्षती भने नभएको बताइएको छ ।

आफ्नै आँखा अगाडी कार इनारभित्र डुवेपछि कार मालिक निकै दुखी भएका छन् । उनले कल्पना पनि नगरेको घटना भएको भन्दै दुख ब्यक्त गरेका छन् । इनारमा खसेको कारलाई क्रेनको सहायताले वाहिर निकालिएको छ ।

तर गहिराईमा खसेका कारण कारमा क्षती भने भएको छ । सो कार डा किरण जोशीको भएको बताइएको छ । उनी कार पार्क गरेर आफ्नो कार्यालय भित्र गए । तर उनले कार पार्क गरेको स्थान इनारलाई ढलानले छोपेको ठाउँ परेछ । लगातारको वर्षाले त्यो ढलान कमजोर भएका कारण कार ढलान भत्किएर इनार तल पुगेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment