‘हेर्दाहेर्दै मामा महाकालीको भेलमा खस्नुभयो’

Samchar

धनगढी । शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर ब्याँसका जयसिंह धामी बेपत्ता भए । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामी जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी काटेको बताउँछन् ।महाकाली नदीमा तुुइनमार्फत व्याँसबासीलाई ओहोरदोहोरा गराउन थालेको २१ वर्ष पुगिसक्यो । म प्रायजसो बिहान ७ बजे घरबाट निस्कन्छुु र साँझ अबेरमात्रै घर फर्किन्छु ।शुुक्रबार बिहान करिब सवा ७ बजेको हुँदो हो । खाजा खाएर मालघाटमा तुुइन भएको ठाउँमा पुग्दा चार जनाको समूूह मलाई कुरिरहेको थियो । व्याँसकै गौरसिंह धामी, अमरसिंह धामी, मनिराम धामी र बहादुरसिंह धामी सदरमुुकाम खलंगा आउने प्रतीक्षामा थिए ।मैले सुरुमा उनीरुलाई तारेँ । उनीहरु पछि जयसिंह धामी, बिक्रम रंगोली र अनिता धामी तुइनको प्रतीक्षामा थिए । जयसिंह नातामा मेरो मामा पर्छन् । म जयसिंह धामीलाई तुुइनबाट तारिरहेको थिएँ । सो क्रममा पारीपट्टीबाट दौडेर दुुई जना एसएसबी आउँदै गरेको देखेँ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *