हेटौंडा-भरतपुर-मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा

काठमाडौं । वाग्मती प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए।

उनले सरकारले सञ्चालन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक र सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार विकास तथा उपकरण खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख गर्दै प्रतिष्ठान मातहतका हेटौंडा अस्पतालको भवन निर्माणलगायत स्वास्थ्य सम्बन्धी पूर्वाधार विकास गर्न पनि बजेट विनियोजन गरेको बताए।यसैगरी प्रदेशसभा सदस्य स्वर्गीय पशुपति चौलागाईको स्मृतिमा दोलखा जिल्लास्थित चरिकोट अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण गरी सुविधा सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गरिएको मन्त्री ढुङ्गेलले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+