टीकापुर : बुधबार राति आएको हावाहुरीका कारण रुख ढलेर च्यापिँदा कैलालीमा १ जना महिलाको मृत्यु भएको छ। बुधबार राति वर्षासँगै आएको हुरीका कारण ढलेको रुखले च्यापिएर घरमै रहेकी महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा जिल्लाको टीकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामी रहेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरतबहादुर चौधरीले जानकारी दिए। हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर निज कामीको मृत्यु भएको हो।

हावाहुरीले रुख ढल्दा कैलालीमा १ महिलाको मृत्यु
By laxmi
May 14, 2021