हाम्रो पार्टी सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी हो: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘व्यक्तिवादी धेरथोर हामी सबै भएका छौं, सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ । यो हाम्रो सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी हो, यसको सिद्धान्त अरूसँग मिल्दैन ।’ अध्यक्षले क्रान्ति एउटा लामो सिद्धान्त भएको उल्लेख गर्दै यसबारे संश्लेषणमा कम ध्यान गएको बताउनुभयो ।

महान् सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हजारौं सहिदहरुको सपना साकार पार्न अन्तिम समयसम्म लड्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।उहाँले कम्युनिष्ट एकता आजको आवश्यकता रहेको भन्दै सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने र कम्युनिष्ट एकता गरी छाड्ने संकल्पबाट पछि हट्न नसकिने बताउनुभयो । पार्टी यथास्थितिमा रहे विघटन र विसर्जनको खतरामा पर्ने डर रहेको उहाँको भनाई थियो नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका लागि पनि विचार दिन सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । यसका लागि पार्टीलाई तल्लो तहबाटै बलियो बनाउन उहाँले नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+