हाम्रो पार्टीमा नआए अष्टलक्ष्मी शाक्य र भिम आचार्यको मुख्यमन्त्री पद खुस्किन्छः माधब नेपाल

Samchar

काठमाडौँ । नेकपा ९एमाले० विभाजन भएर गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई अहिलेको अवस्थामा समर्थन गर्न नसकिने सन्देश दिएका छन् ।पार्टीले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेको भोलिपल्ट बिहीबार अध्यक्ष नेपाले सञ्चारकर्मीले प्रदेश १ र वागमती प्रदेशको मुख्यमन्त्री आचार्य र शाक्यलाई समर्थन गर्नुहुन्छ रु भन्ने प्रश्नको जवाफमा उनीहरू पार्टीमा आए सहकार्य हुने नत्र सम्भावना नरहेको जवाफ दिए ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पार्टीमा रहेमा ठीक छ । विरोधी पार्टीमा रहेसम्म सहकार्य सम्भव छैन । शत्रुतापूर्ण ढंगले चल्नेसँग एकता र सहकार्य सम्भव छैन । सहकार्यको बाटोमा आउँछन् भने हामी सहकार्य गर्न प्रतिबद्ध छौं, अध्यक्ष नेपालले भने ।मुख्यमन्त्री आचार्य र शाक्यले विश्वासको मत लिनुपर्छ ?एमालेभित्रको विवादमा लामो समयदेखि नेपालको पक्षमा रहेका शाक्य र आचार्य हाल ओलीको पक्षमा लागेका छन् । शाक्यले केही दिन पहिले वाग्मती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् भने आचार्यले बिहीबार मात्रै शपथ लिएका थिए ।

यी दुवै प्रदेशमा एमालेको एकल सरकार छ । तर, एमालेबाट केही प्रदेशसभा सदस्यहरू मात्रै एकीकृत समाजवादीतिर लाग्दा दुवै प्रदेशका सरकार अल्पमतमा पर्ने निश्चित छ ।एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने आफ्नो पार्टीमा आउनका लागि दुवैलाई भनेका छन् । उनले ओलीले विगतमा चालेका कदमको समर्थन गर्दै एमालेमा रहेकासँग सहकार्य सम्भव नभएको बताएका हुन् । ुप्रतिगमनको पक्षमा लाग्नेसँग सहकार्यको सम्भावना छैन, उनले भने ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *