हाम्रो टिम नेपाल’ को खाना खुवाउने टहरा भर्खरै नगर प्रहरीले भत्कायो, सपना मगर लगायत ‘हाम्रो टिम नेपाल’का २३ अभियन्ताहरु पक्राउ (भिडियो)

काठमाडौं, १४ असार । सोमबार काठमाडौंं महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरस्थित सरकारी जग्गा खाली गराउने क्रममा सपना मगर, विमल पन्तलगायतका अभियन्ताहरु पक्राउ गरेको छ । कोरोना माहामारीको बेला “हाम्रो टिम नेपाल” ले निशुल्क खाना खुवाउदै आएको उक्त जग्गा र टहरा खाली गर्न महानगरले यस्तो कदम चालेको हो । सरकारी जग्गा विगत वर्षदेखि जबरज.स्ती भोगचलन गर्दै आएको र पटक–पटक ताकेता गर्दा पनि खाली नगरेको भन्दै महानगरले जग्गा खाली गराएको प्रहरीले जानकारी दिए । प्रहरीले ‘हाम्रो टिम नेपाल’का अभियान्ता पक्राउ र उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । टिमका संयोजक विमल पन्तलगायत २३ जनालाई प्निरहरीले नियन्त्रणमा लिएको छ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
‘हाम्रो टिम नेपाल’का अभियान्ताहरुले निषेधाज्ञा भर मात्र उक्त ठाउ प्रयोग गर्न दिनु भन्ने माग गर्दै आएका थिए । तर महानगरले जब.र्जस्ति गरेको भन्दै अभिनेता पल शाहले पनि यसको बिरोध गरेका छन । अभिनेता शाहले पक्राउ परेका अभियान्ताहरुलाई तुरुन्त रिहाइ गर्न समेत माग गरेका छन । उनि लेख्छन – ‘कोरोना माहामारीको बेला निशुल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम, भुकम्प,बाढी,पहिरो जादा रातदिन नभनि देश भर सेवा गर्दै आएको टिम “हाम्रो टिम नेपाल” माथी आज सरकारले दमन गरेको छ । पक्राउ पर्नु भएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुलाई चाडो भन्दा चाडो रिहाई गरियोस !!!’

‘हाम्रो टिम नेपाल’ का अभियान्ताहरु यसरी पक्राउ परे ।

+