काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हतियार बोक्नका लागि तयार रहन युवाहरुलाई निर्देशन दिएका छन् । वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले अब देशमा समाजवादी क्रान्ति गर्न पर्ने भएकाले उत्पादनका हतियार बोक्न निर्देशन दिए ।‘अब हामी नेपाली विशेषता भएको समाजवादी क्रान्तिका लागि तयार रहनुपर्ने बेला भएको छ । अबको समाजवादी क्रान्ति उत्पादनसँग जाडिर गर्न पर्नेछ ।’ भेलालाई सम्बोधन गर्दै उनले भने, ‘कृषि औजाहरु बोक्नका लागि सबै युवाहरु तयार हुनपर्छ । त्यसका लागि हामी बातावरण बनाइदिन्छौँ ।’
अहिले आफूहरु विजयी मुडमा भएको भन्दै प्रचण्डले फरक प्रसंगमा भने, ‘तर कहिलेकाहिँ के हुन्छ भने विजयी भयो भनेर रिल्याक्स गर्न थाल्दा रहेछौंँ, कुनबेला घन हान्छन् पत्तो हुन्न’ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

हतियार बोक्नका लागि तयार रहन प्रचण्डको युवाहरुलाई निर्देशन, फेरी पनि क्रान्ति गर्ने उद्घोष
By laxmi
August 29, 2021