स्वास्थ्य मापदण्डको पालना गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने

Samchar

४ भदौ २०७८ काठमाडौं । सांसद्ले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा समितिका सदस्यले अरु परीक्षा सञ्चालन भइरहेको र बजारमा भीड नरोकिएकाले एउटा कक्षाको मात्रै परीक्षा रोकिन नहुने औँल्याएका छन् । समितिका सदस्य मानबहादुर विश्वकर्माले देशभित्रैका विश्वविद्यालयका र अन्तरराष्ट्रिय बोर्डका परीक्षा सञ्चालन भइरहेकाले १२ कक्षाको मात्रै रोकिन नहुनेमा जोड दिनुभयो ।

परीक्षा दिनका लागि जिल्लाबाट काठमाडौँ आएर बसेका विद्यार्थी पटकपटक परीक्षा रोकिँदा निरास भएको उहाँको भनाइ छ । समितिका सदस्य सुरेन्द्रकुमार यादवले इञ्जिनीयरिङ क्याम्पसले विद्यार्थी कलेज नगएर घरघरमा बसेर पढ्दा पनि खेलकूद, भ्रमणलगायतका शीर्षकमा शुल्क लिने गरेकाले त्यसको नियमन हुनुपर्ने बताउनुभयो । समितिका सदस्य गिरिराजमणि पोखरेलले कोभिड सङ्क्रमण तत्काल हट्ने नदेखिएकाले स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै परीक्षा सञ्चालन गर्नुको विकल्प नभएकोमा जोड दिनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *