आइतवार देखि उनको स्वास्थ्यमा धेरै समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । सुरुमा रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै हाल नर्भिक अस्पताल काठमाडौं पुर्याइएको छ । बोल्न समेत नसक्ने अवस्थामा पुगेकी उनलाई जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले मन्त्री नियुक्त गरेको थियो । बाट गत वैशाख १९ गते मन्त्री नियुक्त भएका थिइन् ।उनलाई न्युरोसम्बन्धी रोग जीडीएस भएको चिकित्सकले प्रारम्भिक परिक्षण पछि बताएका छन् । उनलाई पंकज जलान र यादव भट्टको टीमले उपचार गरिरहेको छ । चिकित्सकले उनको उपचारमा कम्तीमा ६ महिनादेखि २ वर्षसम्म लाग्ने बताएका छन् । उपचार खर्च निकै महंगो भएकाले उनलाई आर्थिक समस्या समेत परेको छ । कोभिडको सुर्इं लगाएपछि उनमा यस्तो समस्या देखिएको हो ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
