स्वास्थ्यकर्मी कुटपिट घटना : आरोपी धरौटीमा छुटे

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिटको आरोप खेपेका दाङका तीन जना जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालमा कुटपिट गरेको आभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही २५/२५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बाँके जिल्लाका अदालतका श्रेस्तेदार तीर्थ भट्टले तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको जानकारी दिए।गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका-११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा तोडफोड गरेका थिए।अस्पतालका डाक्टर र नर्सहरू आक्रमणको विरोधमा आन्दोलनमा उत्रिएपछि सोही दिन राति प्रहरीले उनीहरू तीन जनालाई पक्राउ गरी थुनामा राख्दै आएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment