सोलारबाट विद्युत् उत्पादन

Samchar

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन सोलार आयोजनाबाट भदौसम्म विद्युत् उत्पादन हुने भएको छ । भदौ १५ गतेभित्र पाँच मेगावाट विद्युत् उत्पादन गर्ने गरी धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।विसं २०७६ साउनमै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना कोरोना कहरका कारण ढिलाइ भएको सोलार फार्म प्रालिका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए । “सम्झौताअनुसार पहिल्यै विद्युत् उत्पादन भइसक्नुपर्ने थियो तर कोरोना कहरका कारण काममा ढिलाइ हुँदा प्रगति हुन सकेन”, उनले भने, “अहिले काम लगभग अन्तिम चरणमा पुगिसकेको छ ।”उहाँका अनुसार अहिले दैनिक ४० बढी कामदारले आयोजनाको काम गरिरहेका छन् । “६० प्रतिशत सोलार पाता हालिसकिएको छ, भदौ १५ गतेभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ”, श्रेष्ठले भने । उनका अनुसार केही दिनदेखि परेको वर्षाका कारण पनि काम प्रभावित भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *