सुर्खेतको अनियमित विद्युत समस्याबारे कुलमान घिसिङको ध्यानाकर्षण

Samchar

सुर्खेत । अनियमित विद्युतको समस्याबारे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराइएको छ । छिनमै आउने र जाने विद्युतका कारण सुर्खेतसहित आसपासका जिल्लाहरुका नागरिकहरुलाई हैरानी भएको भन्दै दीर्घकालिन समाधान गर्न विवेकशील साझा युवा संगठन कर्णाली प्रदेशले घिसिङको ध्यानकर्षण गराएको हो ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तत्काल समस्या समाधानको लागि पहल नभए चरणबद्द आन्दोलन गर्ने चेतावनीसहितको ज्ञापनपत्र घिसिङलाई बुझाएको विवेकशील साझा युवा संगठनका प्रदेश संयोजक अनिल ढकालले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार कुलमान घिसिङले सुर्खेतमा आवश्यक जनशक्तिको परिपुर्तिका लागी तुरुन्त पहल गर्ने र हाल निर्माण भैरहेको कार्यलाई छिटो सम्पन्न गरि कर्णालीको विधुतिय समस्यालाई अबको दुई वर्षमा दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सुर्खेतमा रहेको प्रसारण केन्द्रलाई हालको समस्या के हो र त्यसको समाधानको लागि थाल्नु पर्ने कामको सम्पुर्ण जानकारी दिन निर्देशन दिने घिसिङले प्रतिवद्धता उद्धृत गर्दै संयोजक ढकालले बताए । बर्दिया राष्ट्रिय निकुञ्जसंग आवश्यक सल्लाह गरि निकुञ्जबाट पर्न जाने समस्यको समाधान गर्न र आफू इन्जिनियर भएर सुर्खेतमा बसेर यसअघि काम गरेकाले समस्याबारे जानकार रहेको घिसिङको भनाई थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *