सिन्धुलीगढीमा युद्ध संग्रहालय

सिन्धुलीगढी : नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लामा युद्ध संग्रहालय निर्माण गरिएको छ।
वि.सं. १८२४ मा भएको नेपाल–अंग्रेज युद्धको ऐतिहासिक दस्तावेज संग्रहित गरी नेपाली सेनाले सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण गरेको हो। नेपालकै प्रथम युद्ध संग्रहालयको बुधबार एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्। संग्रहालयको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सिन्धुलीगढी नेपाली सुरता र वीरताको ऐतिहासिक दस्तावेजका रूपमा स्थापित भएको बताइन्।
नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लामा युद्ध संग्रहालय निर्माण गरिएको छ। प्रतिनिधिसभा सदस्य गणेश पहाडीले नेपाल अंग्रेज युद्धको ऐतिहासिक स्थलको पुनर्निर्माण, प्रचार–प्रसारमा ढिलाइ भएको भन्दै ढिलै भए पनि नेपाल सरकारले प्राथमिकतामा राखेर सिन्धुली गढीको विकास थालेको बताए। ‘स्थानीय, प्रदेश र संघीय सरकारले प्राथमिकतामा राखेर निर्माण थालेको गढीमा युद्ध संग्रहालय निर्माणले थप ऐतिहासिक महत्व बोकेको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+