सिङ्गो रूपन्देही जिल्ला कमिटी नै एकिकृत समाजवादीमा रूपान्तरित

काठमाडौं । एमालेको समानान्तर कमिटी सञ्चालन गर्दै आएको नेपाल पक्षको रूपन्देही जिल्ला कमिटीले सर्वसम्मतरुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित हुने निर्णय गरेको छ रूपन्देहीको बुटवलमा सम्पन्न समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित हुने निर्णय गरेको हो। समानान्तर कमिटीका अध्यक्ष राजु गुरूङको अध्यक्षतामा बसेको बैठकमा सहभागी सदस्यले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका छन्।सहभागी सदस्यहरुले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न र राष्ट्रियता जोगाउन सर्वसम्मतरुपमा एकिकृत समाजवादी पार्टीमा रुपान्तरित हुने बैठकले निर्णय गरेको साविक एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्ष राजु गुरुङले जानकारी दिए
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment