सापकोटालाई दिएको धम्कीप्रति पाँच दलको आपत्ति

Samchar

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलका नेता, सचेताक र प्रतिनिधि सांसदहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन्।
सत्तारुढ गठबन्धनका पाँच दलको तर्फबाट सोमबार जारी विज्ञप्तिमा अध्यक्ष ओलीले संसदीय मर्यादाविपरीत बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाएको हो।

‘यही भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालयको सभामुखको कार्यकषमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सदस्यहरुले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिनु र सोही दिन दलका नेताले सभामुखबिरुद्ध अभिव्यक्ति दिनु आपत्तिजनक छ’ विज्ञप्तिमा भनिएको छ।कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका सांसद प्रदीप यादव, माधव नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठ र राष्ट्रिय जनमोर्चाको दलकी नेता सांसद दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरी संवैधानिक मर्यादाको अवलम्बन गर्न ओलीसँग आग्रह गरेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *