साउनमा किन लगाइन्छ हरियो पहिरन?

काठमाडौं: आजबाट साउन महिना सुरु भएको छ। साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ। त्यसमाथि नेपाली हिन्दु नारीहरुका लागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् । अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ ।

साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो चुरा पोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ । पछिल्ला वर्षमा साना बालिका र किशोरीमा समेत मेहेन्दी र हरियो चुरा लगाउने ’क्रेज’ बढ्दो छ । धेरैले यसलाई फेसनका रुपमा लगाएका छन् भने कतिले धार्मिक महत्व बुझेर विश्वासमा यसो गरेका छन् ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ। साउनमा चुरापोते र कपडासँगै हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरु पनि उत्तिकै छन। त्यसैले साउनमा मेहन्दी हरियो चुरा पोतेको क्रेज कतिसम्म छ भने घरायसी महिलामात्र नभएर कार्यालयमा काम गर्नेदेखि ड्युटीमा खटिएका महिला प्रहरीले समेत हरियो चुरा पोते लगाउदै आएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+