महिलाको शव परिवारले बुझ्न मानेका छैनन् । उनीहरुले घटना शंकास्पद रहेको बताएका छन् । साथै उनीहरुले घटनाको गहिरो अनुसन्धानको समेत माग गरेका छन् । प्रहरीका अनुसार खिमा खड्का असार १ गते खोलामा मृ त फेला परेकी थिइन् । दार्मा गाउँपालिका ५ की २९ वर्षीया खिमा खड्काको परिवारले सल्यान जिल्ला अस्पताल सल्यानमा रहेको शव बुझ्न मानेका छैनन् ।खिमाका आफन्तले परीक्षण भएको पाँच दिन पुगी सक्दा पनि शव बुझ्न नमानेका हुन् । गत जेठ ३१ गते बेलुका देखि सम्पर्क बिहान भएकी उनी असार १ गते दार्मा गाउँपालिका स्थित ठुला खोलामा मृ त फेला परेकी थिइन् ।खड्कालाई खोलाले बगाएको नभई घटना अर्कै भएकाले यसको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही नहुँदासम्म शव नबुझ्ने खिमाका बुवा गणेश बहादुर खत्रीले बताए । सुनियोयजित ढंगले घटना गरेर खोलामा फालिएको भन्दै सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने मृतकका श्रीमान् खिम बहादुर खड्काको भनाई छ ।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
