काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भन्दै बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशले राष्ट्रिय राजनीतिमा लामो समयसम्म गम्भीर र नकरात्मक प्रभाव पार्ने सत्तारुढ नेकपा (एमाले)ले प्रतिक्रिया दिएको छ ।
शीर्षक वा स्तम्भ खोज्नुहोस
कान्तिपुर अभिलेखालय
सर्वोच्चको आदेशले राष्ट्रिय राजनीतिमा पछिसम्म गम्भीर र नकारात्मक प्रभाव हुनेछन् : एमाले प्रवक्ता
परराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवाली तस्बिर : अंगद ढकाल/कान्तिपुर
असार ८, २०७८कान्तिपुर संवाददाता
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भन्दै बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशले राष्ट्रिय राजनीतिमा लामो समयसम्म गम्भीर र नकरात्मक प्रभाव पार्ने सत्तारुढ नेकपा (एमाले)ले प्रतिक्रिया दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारलाई बदर गरिदिएपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले त्यसको प्रभाव नेपाली राजनीतिमा नकारात्मक र गम्भीर हुने बताए । ‘सर्वोच्चको आजको आदेशले पार्ने प्रभावहरू राष्ट्रिय राजनीतिमा पछिसम्म पनि गम्भीर र नकारात्मक हुनेछन्,’ उनले भने ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सर्वोच्चको आदेश अप्रत्यासित भन्दै ज्ञवालीले थपे, ‘यो आदेश अप्रत्यासित छ र यसले राष्ट्रिय राजनतीतिलाई जटिल दिशातिर धकेलेको छ ।’
सर्वोच्चको आदेशबारे पार्टीको थप धारणा तय गर्नका लागि बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए ।