सरकारमा मन्त्रालयको भागबण्डामा सहमति, माओवादी र समाजवादीलाई कति ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विभाजित भएको नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र बराबरकै हैसियत पाउने भएको छ ।सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ ।बालुवाटार स्रोतका अनुसार एकीकृत समाजवादीबाट ६ जना मन्त्री नियुक्त हुने भएका छन् । सरकारमा एकीकृत समाजवादीबाट ५ मन्त्री र १ राज्यमन्त्री गरी ६ मन्त्री नियुक्त हुने जनाइएको छ । तत्कालै मन्त्री नियुक्त भने नहुने भएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता भइसकेपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+