सभामुख सापकोटाले एमाले अध्यक्ष ओलीलाई राम्रैसँग पेलेपछि यस्तो नतिजा

काठमाडौं – प्रधानमन्त्रीबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पेलानमा पर्न थालेका छन् । पछिल्लोपटक सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्ष ओलीलाई राम्रैसँग पेलेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि अध्यक्ष ओलीले नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्राचार गरेका थिए । तर सभामुख सापकोटा ओलीले पेलेर कारवाही प्रक्रिया अगाडि बढाएनन् ।

सांसदलाई पदमुक्त गरिएको कारवाहीको सूचना टाँस्न दबाब दिन ओली पक्षका नेताहरूले सभामुख सापकोटालाई भेटेका थिए । तर सापकोटाले दबाबलाई मानेनन् र ओलीलाई पेलेरै छाडे ।
एमाले पार्टी विभाजन प्रयोजनका लागि निर्वाचन आयोगले संसद सचिवालयसँग एमालेका सांसदको विवरण मागेको थियो । संसद सचिवालयले नेता माधवकुमार नेपालसहित सांसदको विवरण निर्वाचन आयोगमा पठाएको छ । अब एमाले पार्टी विभाजन गर्दा समेत नेता नेपालसहित सांसदको पद जोगिने निश्चित भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+