कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन्।सभापति देउवाले १४औं महाधिवेशनमा पनि आफू उम्मेदवार बन्न लागेकाले सहयोग गर्न आग्रह गरेको जानकारी दिँदै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले भनिन्, ‘उहाँले म अन्तिमपटक उठ्ने हो, सहयोग गर्नू भन्नुभएको छ। हामीले उपसभापति निधिसहित सम्पूर्ण टिमलाई एक ढिक्का बनाएर अघि बढ्न भनेका छौं।’देउवाले उपसभापति निधिलाई अर्को पटक सभापतिको उम्मेदवार बन्न आग्रह गरेका थिए। जवाफमा निधिले आफू धेरै अघि बढिसकेको बताएको देउवाले निकटकालाई सुनाएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
