एजेन्सी । सामाजिक सञ्जालमा वलिउड अभिनेताको जस्तै अभिनय र हाउभाउ गर्छन । अनुहार पनि लगभग उस्तै देखिन्छन् । इन्स्टाग्राममा लाखौं फलोअर्स कमाएका छन् । जसमा उनलाई शाहरुख भनेर सम्बोधन गर्छन ।
आखिर यि युवा को हुन् ? इन्स्टाग्राममा एक युवा निकै चर्चामा छन् । यी व्यक्तिको अनुहार र हाउभाउ ठ्याक्कै बलिउड अभिनेता शाहरुखसँग मिल्ने भएकाले उनी चर्चित भएका हुन् ।
इन्स्टामा ४० लाख फलोअर्स कमाएका ब्यक्ति हुन् इब्राहिम क्वादरी । उनी आफैं शाहरुखका ठूला फ्यान हुन् र मोडलिङ गर्छन । त्यसैले उनको अभिनय र हाउभाउ पनि शाहरुख खान जस्तै छ । आफै शाहरुखको अभिनय पछ्याउँछन् ।
इन्स्टामा पनि इब्राहिमले शाहरुखकै अभिनयको नक्कल गरेर बनाएका भिडियोहरु राखेका छन् । ‘कुछ कुछ होत हैै’, ‘दिलवाले दुल्हनिया ले जाएन्गे’ लगायत शाहरुख अभिनित हिट फिल्टका डायलग बालेर उनले इन्स्टामा राखेका छन् ।
उनको हेयरस्टाइल र लुकदेखि अभिनय पनि शाहरुखसँग मिल्छ । जसकारण समर्थकहरु छक पर्ने गरेका छन् । अहिले सामाजिक सञ्जालमा समर्थकहरुले पनि शाहरुख र इब्राहिमको फोटो जोडेर हाल्ने गरेका छन् । जहाँ, दुबै उस्तै–उस्तै देखिन्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****