सबैले सुने हुन्छ फेरि प्रधानमन्त्री बन्छु : केपी ओली

Samchar

एमाले अध्यक्ष केपी ओलीले आफू फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले अदालतको परामादेशबाट नभई जनादेशबाट फेरि प्रधानमन्त्री बन्ने बताए। ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन । देश र जनताको लागि काम गर्न जन्मिएको हुँ । ६२ वर्षसम्म त म प्रधानमन्त्री बनेको होइन । तर गठबन्धनबाट होइन जनमतबाट पहिलाेपटक प्रधानमन्त्री बनेको हुँ । फेरि जनमतबाट प्रधानमन्त्री बनें’ उनले भने, ‘फेरि पनि भेन्टिलेसनबाट होइन मूल गेट र मूलबाटोबाट निर्वाचनको मार्फत फेरि पनि प्रवेश गर्छु । असाधारणा जनमत लिएर प्रधानमन्त्री बन्छु । सबैले सुने हुन्छ ।’महत्वकांक्षा, कुण्ठा, जलन गठजोड, परमादेशबाट होइन जनादेशबाट फेरि प्रधानमन्त्री बन्ने दाबी उनले गरेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *