सन्तोष पन्त फेरि विवादमा !

Samchar

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ मा जज रहेका वरिष्ठ हाँस्य कलाकार सन्तोष पन्त पुनः विवादमा तानिएका छन् । च्याम्पियनका प्रतिस्पर्धी विक्की अग्रवालकाे शनिबारकाे प्रस्तुती आफूले नबुझेकाे भनेपछि विक्कीका फ्यानले उनलाई गाली गरेका छन् ।विक्कीले हिजाे (शनिबार) प्यान्टोमाइम गरेका थिए । शोका ३ निर्णायकहरु मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराइले विक्कीको प्रस्तुतीकाे प्रशंसा गर्दा सन्ताेष पन्तले ‘हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइलमा फरक छ । यो प्रयोग तिम्रो लागि गाह्रो पर्न सक्छ । हाम्रो समाजले यसलाई बुझ्दैनन्, मैले त बुझिनँ । फिलोसोपी त भयो । तर, तिम्रो प्रस्तुति हेरेर कोही हाँस्यो त ! यहाँ त कोही हाँसेन’ भन्दै उनकाे प्रस्तुती चित्त नबुझाएपछि पन्तलाई गालीको ओइरो लागेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सन्तोष पन्तको उक्त टिप्पणीको अहिले चर्को आलोचना भइरहेकाे छ । कमेडी च्याम्पियनकाे आधिकारिक युट्युब च्यानलमा राखिएकाे उक्त एपिशाेडमा विक्कीकाे प्रसंसा भइरहेकाे छ भने पन्तमाथि गालीको वर्षा भइरहेकाे छ । कतिले त पन्त पुरानाे साेचकाे मान्छे भएकाे भन्दै उनलाई जजबाटै हटाउनुपर्ने समेत प्रतिक्रिया राखेका छन् ।कतिपयले भने जज पन्तकाे समर्थन गरेका छन् । पन्तका प्रसंसकले उनी नेपाली कमेडीका अग्रज भएकाे भन्दै उनले राखेकाे प्रतिक्रिया सही भएकाे बताएका छन् । सन्ताेष पन्त यसअघि पनि विवादमा तानिएका थिए, जब हिमेश पन्तले च्याम्पियनकाे सिजन १ जिते । सन्ताेषले जालझेल गरेर हिमेशलाई जिताएकाे आरोप लागेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *