‘सदस्य जोगाउन’ नेपाल चन्द्रागिरिमा

Samchar

विगतमा पनि सांसद किनबेच र होटल र रिसोर्टमा राखेर आफ्नो पकडमा राख्ने काम हुँदै आएको छ । एमाले विभाजनको पछिल्लो घटनाक्रमसँगै नयाँ दल दर्ता गर्न लागेका पूर्वप्रधानमन्त्री नेपालले त्यही कामलाई निरन्तरता दिएका छन् ।एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ महँगो रिसोर्टमा पुर्‍याएका छन् । आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बास बस्न गएका हुन् । नेपाल दिउँसो ३ बजेअगावै चन्द्रागिरि पुगेका थिए ।नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा ९एकीकृत समाजवादी० दल दर्ताका लागि निर्वाचन आयोगले सनाखत गर्न बुधबार बोलाएको छ ।रिसोर्ट प्रशासनका अनुसार एक रातको एउटा बेडको शुल्क केबलकार, ब्रेकफास्ट र बेड शुल्क जोडेर ८ हजार रुपैयाँ छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

त्यसबाहेक एकछाक खानाको १ हजार ४ सय रुपैयाँ तोकिएको छ । नेपालसहित करिब ६ दर्जन व्यक्तिका लागि रिसोर्ट बुक गरिएको छ । होटलले उल्लेख गरेको शुल्कअनुसार न्यूनतम खर्च मात्रै हिसाब गर्ने हो भने ६० देखि ७० जनाको एक रातको होटल बसाइ शुल्क ६ लाखभन्दा माथि पुग्छ । नेपाल पक्षका केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले आफूहरू दर्ता प्रक्रियामा रहेको पार्टीको सांगठनिक, राजनीतिक र वैचारिक सबै किसिमका योजना तर्जुमा गर्न रिसोर्टमा भेला भएको बताए । संस्थापन पक्षको तानातानबाट जोगाउन रिसोर्टमा जानुभएको हो रु भन्ने प्रश्नमा उनले नयाँ दल गठनमा सामेल भएकाहरू कसैको आश्वासन र लोभमा नफस्ने बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *