सगरमाथाबाट सुरुङ खनेर काठमाडौँ रेल ल्याउने चिनियाँ प्रस्ताव, बहुमल्य खनिज लैजाने आशंका
काठमाडौ । चीनले सगरमाथाबाट सुरुङ खनेर काठमाडौँ रेल ल्याउने प्रस्ताव राखेको छ ।
नेपाल–चीनबीचको बहुप्रतीक्षित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले प्रस्ताव राखेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उसले यो सुझाव हो भन्दै छिटो रेल ल्याउन यो बारेमा सोच्न नेपाललाई प्रस्ताव राखेको छ ।
धेरैको बुझाई के छ भने सगरमाथा क्षेत्रमा बहुमुल्य खनिज हुनसक्ने भएकाले चीनले भित्र भित्रै त्यो हात पार्नका लागि यो प्रस्ताव राखेको छ ।
विज्ञहरुले समेत आशंका गरेका छन् की नेपाल चीन सीमानामा नै सुरुङ्ग बनाउने हो भने भित्र भित्रै के के बन्ला भन्ने शंका गर्ने सुविधा पर्याप्त छ भनेका छन् ।
परियोजनामा संलग्न एक वरिष्ठ इन्जिनियरले अन्य भूभागबाट रेल लैजान कठिन रहेको बताएको र यही भूमी रोजिएको बताएका छन् ।
ती इन्जिनियरलाई उध्दृत गर्दै हङकङको प्रतिष्ठित अखबार साउथ चाइना मर्निङ पोस्टले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग बनाउन सुझाएको बारे समाचार लेखेको छ।
वातावरण संरक्षित क्षेत्रमा ठूला परियोजना निर्माण गर्न चिनियाँ कानूनले अनुमति नदिने उल्लेख छ । ८ बिलियन अमेरिकी डलर लागत लाग्ने बताइएको उक्त रेलमार्गले नेपालको अर्थतन्त्र उकास्नमा प्रमुख भूमिका खेल्ने जनाइएको छ ।
दुबै मुलुकको एक हजार किलोमिटर लामो सीमा हुँदै रेलमार्ग बनाउन ६ वटा रुट प्रस्ताव गरिएको र कुन रुट छनौट गर्ने भन्नेबारे चिनियाँ प्राविधिक अन्यौलमा छन् ।
चीनको स्थानीय अखबार रेलवे स्ट्रान्डड डिजाइनमा गत बुधबार प्रकाशित समाचारमा सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै बनाइने रेलमार्गमा ३० किलोमिटर लामो सुरुङ बनाउन सहमति जुटेको उल्लेख छ ।
सान्ची प्रान्तस्थित चिनियाँ रेलवे फस्ट सर्भे तथा डिजाइन इन्स्टिच्युट ग्रुपका वरिष्ठ इन्जिनियर लियाङ दोङले एक तिहाइभन्दा बढी सुरुङ सगरमाथा राष्ट्रिय निकुञ्जमा भूमिगत तरिकाले बनाउने सहमति जुटेको उक्त अखबारलाई बताएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****