संघियता तुरुन्त खारेज गरौं, नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउँ” – कांग्रेस नेता भण्डारी

काठमाण्डौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले संघियताको औचित्य समाप्त भएको बताएका छन् । नेपाली कांग्रेसको आसन्न १४औं महाधिबेशनको तयारीका लागी बिहिबार बसेको केन्द्रिय समितिको बैठकमा नेता भण्डारीले यस्तो बताएका हुन् ।प्रदेशको संरचना मुलुककालागी भार मात्रै भएको भन्दै भण्डारीले भने ‘अहिलेको संघियता नेपालीलाई थप आर्थिक बोझ मात्रै बोकाउने प्रष्ट भैसकेको छ । अहिले स्वयम प्रदेशसभाका माननियहरुनै आफु भुमिका विहिन भएको बताउँदै आएको कुराले प्रष्ट हुन्छ । त्यसैले स्थानिय तहलाई थप जिम्मेवारी दिई मजवुत बनाएर तुरुन्त प्रदेश खारेज गर्नुपर्छ ।’।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+