संसारमा छरिएर रहेका नेपालीहरुमा चर्चित ब्याण्ड हो नेपथ्या ब्याण्ड अनी एउटा गायक जो बिना नेपथ्या अधुरो हुन्छ । उनै लोकप्रिय गायक हुन् अमृत गुरुङ । यसरी बिस्वभरका नेपालीहरुको मन जित्न सफल स्टेजका लेजेण्ड गायकको लाईफस्टाईल कस्तो होला सबैलाई चासो लाग्नु स्वभाबिक हो ।नेपथ्य ब्यान्ड’ का यी ‘फ्रन्ट म्यान’ मञ्चबाट भीडमा सांगेतिक लहर फैलाउन, उपस्थित सबैको शरिरमा आङै जिरिङ हुने गरी मनोरम ऊर्जा निकाल्न निकै खप्पिस छन्। कन्सर्टमा ढेस्सिएर नाच्ने, गाउने, चिच्याउने अनि उफ्रिने दर्शकको तरंगले सिंगो हल उत्तेजित हुन्छ। छाती ढक्क फुल्ने गरी राष्ट्रिय झन्डा फहरिएका हुन्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
हललाई जतिसुकै वातानुकूलित बनाए पनि मानिसहरूको शरीरबाट निस्कने बाफ रंगीचंगी बत्तीका उज्यालामा उडिरहेको देखिन्छ। रक कन्सर्टको उचाइ हलभित्रका यस्तै तापक्रमले निर्धारण गर्ने हो भने ‘नेपथ्य’ नेपालकै ‘गरम ब्रान्ड’ हो। स्थापनाको २५ वर्ष मनाइसकेको ‘लिजेन्ड ब्यान्ड’ त हुँदै हो। चाहे न्यूयोर्क होस् वा लन्डन, चाहे टोकियो होस् वा सिड्नी, यिनको जति सिक्का अरू कुनै नेपालीको जम्दैन।विश्वका ठूल्ठूला बिदेशी रकस्टारले प्रस्तुति दिने मञ्चमा रकिङ प्रस्तुती दिसकेका यी नेपाली ‘स्टार’ अमृत गुरुङ के गर्दै होलान् ? कस्तो होला उनको लाईफस्टाईल बुझ्न जो कोहिलाई खुल्दुली लाग्न सक्छ । तर उनको लाईफस्टाईल जो सोचेभन्दा बिल्कुलै फरक छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
