शशांक कोइरालाले भने- सभापतिमा मेरो दाबी हो

Samchar

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताएका छन् । दाङको घोराहीमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी सभापतिमा आफु उठ्ने बताएका हुन् । पार्टीको महाधिवेशनमा सभापतिमा उठ्नुहुन्छ कि हुन्न भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री कोइरालाले भने, ‘सभापतिमा किन नउठ्नु र, अवश्य उठ्छु नि ।’उनले उम्मेदवारीबाट पछाडि नहट्ने दाबी समेत गरे । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा आज आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने बताए ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *