हालै अमेरिकामा एउटा एकदमे सानो गाई भेटिएको छ ।सामान्य गाईको तुलनामा यो गाईको तौल ४.५ किलो रहेका छ । यो गाई विश्वकै सबैभन्दा सानो गाई हो । सामान्य गाईभन्दा १० हिस्सा सानो यो गाईको नाम लिटिल बिल हो ।यो बाच्छोलाई जन्मने बित्तिकै अमेरिकाको मिसिसिपी स्टेट यूनिभर्सिटी कलेज अफ भेटेरिनरी मेडिसिनमा लगिएको थियो ।गाईको मालिकले गाई बिरामी भएको हुनसक्ने भन्दै भेटेनरी लगेका थिए । तर, चिकित्सकले गाई पूर्ण स्वस्थ रहेको बताएका छन् । गाई सामान्य गाईको तुलनामा सानो मात्रै भएको अन्य कुनै रोग नभएको चिकित्सकले बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
