विमला वलीमाथि फेरि यो के आइलाग्यो ? तेस्रो का ण्ड पनि भयो सार्वजनिक !

Samchar

पछिल्लो समय परपुरुषसँग ‘रो मान्स प्र करण’ लगायत का ण्डै का ण्ड सार्वजनिक भएर वि वादमा तानिएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्रीको अर्को का ण्ड सार्वजनिक भएको छ । उनीमाथि अर्को झ मेला आइपरेको हो । उनीविरुद्ध दुई नाबालक छोराहरुकै तर्फबाट अदालतमा अंश मु द्दा दायर भएको छ ।विमलाका दुई छोराहरु १२ वर्षिय प्रणय वली र ९ वर्षिय दिवाकर वलीको तर्फबाट उनीहरुका साहिँलो बुबा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरिएको हो ।दाङ जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले नावालक छोराहरुको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए । श्रेष्तेदार गिरीका अनुसार भदौ ३ गते पेश भएको उक्त मुद्दाको दर्ता नं ०७३(०७८(००३६२ रहेको छ ।

निवेदकले विपक्षी विमलाकुमारी खत्री वलीबाट नावालक छोराहरुको सम्पत्तिको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पत्तिको संरक्षण र नावालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गरेका छन् । निवेदक अमरबहादुर विमलाका श्रीमान स्वर्गीय उत्तरकुमार वलीका साहिँला दाजु हुन् ।निवेदक वलीले पछिल्लो विकसित घटनाहरुले आफूलाई विमला वलीबाट उत्तरकुमार वलीका नावालक छोराहरुको सम्पत्तिको असुरक्षा देखिएकोले सम्पत्तिको संरक्षणका लागि अदालत पुगेको बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *