विद्यार्थीको गोजी लुटेर एमफिल र पिएचडी सञ्चालन गरियो’

असार, काठमाडौं । विद्यार्थी भर्ना संख्या र बहुविषयले नेपालकै सबैभन्दा ठूलो मानिने त्रिभुवन विश्वविद्यालयले एमफिल र पिएचडी तहमा मनोमानी गरेको भन्दै एक सातादेखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

विद्यार्थीहरुले निजी संस्थाले जसरी एमफिल तथा पिएचडी मनोमानी ढंगले लागू गरिएकोमा आपत्ति जनाएका छन् । ‘त्रिवि विद्यार्थी संघर्ष समिति’ नाम दिएर समाजशास्त्र तथा मानविकी विभागका विद्यार्थीहरूले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । साथै दुवै तहको शुल्क एवं अध्यापन वैज्ञानिक नभएको उनीहरूको ठहर छ ।

विद्यार्थी नेता संघर्ष दाहाल एमफिल–पिएचडीलाई त्रिविले आफ्नो नियमित कार्यक्रममा समावेश नगर्दा विद्यार्थी मारमा परेको बताउँछन् । उनका अनुसार मानविकीमा मात्रै १८ वटा छुट्टाछुट्टै विभागले एमफिल पिएचडी सञ्चालन गरेका छन् । एउटा विभागमा तीनजना कर्मचारी राखिने हुँदा सम्पूर्ण शुल्क कर्मचारी पाल्नमै सीमित भएको छ ।

‘नियमित कार्यक्रममा राखेर एउटै संरचनाबाट उच्च शिक्षा सञ्चालन गराउनेबित्तिकै शुल्क घट्छ,’ दाहाल तर्क गर्छन्, ‘नत्र विद्यार्थीको गोजी लुटेर एमफिल पिएचडी सञ्चालन गरिँदा हजारौं विद्यार्थी मारमा परेका छन् ।’

त्रिवि विद्यार्थी संघर्ष समितिका नेता संघर्ष दाहाल पनि निजी क्षेत्रको सिको गर्दै उच्च शिक्षा सञ्चालन गरिँदा वर्गीय असमानताले प्रश्रय पाउने मत राख्छन्
त्रिविमै अध्ययन गरेका युवा नेता गौतम राई पनि एमफिल र पिएचडीजस्तो उच्च शिक्षामा विश्वविद्यालयले लगानी नै नगरेको बताउँछन् । राईका अनुसार विश्वका अधिकांश विश्वविद्यालयले अनुदान (ग्रान्ट) प्रदान गरी उच्च शिक्षा दिने चलन रहेकोमा त्रिविले भने मनपरी शुल्क लिएर पिएचडी गराउने गरेको छ ।

‘त्रिविसँग एमफिल र पिएचडी पढाउने कुनै संरचना नै छैन’ विश्वविद्यालय नेतृत्वप्रति इंगीत गर्दै राई भन्छन्, ‘संरचनामात्र होइन उच्च शिक्षाको दीर्घकालीन पूर्वाधारमा अहिलेसम्म लगानी गरेको छैन ।’

त्रिविकै एक प्राध्यापक पनि १५ वर्षदेखि प्राइभेट रुपमा एमफिल र पिएचडी कार्यक्रम सञ्चालन भएको बताउँछन् । उनका अनुसार मानविकी तथा समाजशास्त्रतर्फ एमफिलको प्रतिसेमेस्टर शुल्क ६० देखि ८० हजार रुपैयाँ छ । यस्तै पिएचडी गर्न विषयअनुसार १० लाख रुपैयाँमाथि लाग्ने गर्छ ।

सीमित छात्रवृत्ति कोटा हुने गरेकोमा त्यो पनि सम्बन्धीत विषयको डिन कार्यालयबाट नै कसलाई दिने–नदिने टुंगो लाग्ने गरेको ती प्राध्यापक बताउँछन् । यता एमफिल पढ्ने आवेदन फाराम शुल्कमात्र पाँच हजार रुपैयाँ छ । म्याद नाघेपछि उक्त शुल्क १० हजार पुर्याउने गरेकोमा पनि विद्यार्थीहरूले विरोध गरेका छन् ।

त्रिविका अर्का विद्यार्थी विष्णु अधिकारी एमफिल र पिएचडीलाई पूर्णतः निजीकृत गर्न खोजिएको बताउँछन् । वार्षिक कक्षा सञ्चालनकै शैलीमा सेमेस्टर सिस्टम चलाइएको बताउँदै अधिकारी भन्छन्, ‘त्रिवि नवउदारवादी नीतिको शिकार भएको छ । निजी क्षेत्रलाई जिम्मा दिने तथा दातृवालाको दबाबमा मनपरी ढंगले कोर्स सञ्चालन गरिएको छ ।’

त्रिवि विद्यार्थी संघर्ष समितिका नेता संघर्ष दाहाल पनि निजी क्षेत्रको सिको गर्दै उच्च शिक्षा सञ्चालन गरिँदा वर्गीय असमानताले प्रश्रय पाउने मत राख्छन् । शुल्क तिर्न नसक्नेको भविष्य नै अन्योल रहने स्थिति आएकाले मनपरी शुल्क लिने कुरा अबिलम्ब खारेज गरिनुपर्ने माग आम विद्यार्थीको भएको उनी बताउँछन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment