भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनीति गर्न नहुने भन्दै सबैको सामूहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएकी छिन् । शनिबार कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् ।
भरतपुर महानगरपालिका २९ मा कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्रको भवन लामो प्रयासपछि शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरीय निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा सञ्चालन गर्न आग्रह गरिन् । प्रमुख दाहालले भरतपुरको हिल स्टेसनको रूपमा परिचय बनाउँदै गएको रमणीय पहाडी भूगोल समेटिएको वडा नं २९ को विकासमा आफू सधैं केन्द्रित रहेको उल्लेख गरिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

विकास निर्माणमा राजनीति नगरौं : प्रमुख दाहाल
By laxmi
August 28, 2021