विकासका लागि बृहत योजना बनाउनुपर्छ : प्रचण्ड

Samchar

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत्तर योजनाअन्तर्गत काम गर्नुपर्ने बताएका छन् । भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन) को आज यहाँ शिलान्यास गर्दै उनले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटौंडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणा अन्तर्गत काम गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष दाहालले यी जिल्ला मिलाएर विकासको मोडालिटीमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र बन्ने विश्वास व्यक्त गरे । उनले भने, “चितवनका लागि मात्रै नभएर मकवानपुरको हेटौंडासम्म र नवलपुरको दाउन्नेसम्म एउटै विकास प्राधिकरणको अवधारणा अन्तर्गत विस्तारपूर्वक वृहत्तर योजनामा जानुपर्छ ।” आफूले यो सपना देखेको भए पनि यसअघिको सरकारले चितवन र म प्रतिको हेर्ने दृष्टिकोण फरक राखेका कारण काम हुन नसकेको उनले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *