वाइसीएलको भेलामा प्रचण्डको सम्बोधन ‘काँग्रेस र एमाले जस्तै गर्ने हो भने अर्को पार्टी किन चाहियो ?’

Samchar

कम्युनिस्टहरूलाई एक ठाउँमा राखेर एकता गर्दा राम्रो हुन्छ कि भनेर मैले आफैँ प्रस्ताव गरेको थिएँ । तर, दुर्भाग्य, त्यो पाँच वर्ष पनि टिक्न सकेन । काँग्रेसले चुनाव जितेर पनि पाँच वर्षसम्म टिक्न नसकेको तीतो यथार्थ हामीले पञ्चायतविरोधी आन्दोलनपछि भोगेका थियौँ । समाजवादी आन्दोलनका क्रममा कम्युनिस्टभित्र भएको त्यो ध्रुवीकरण पनि पाँच वर्ष टिकेन । बरु, भयानक प्रतिगमनका नाइकेहरू नै कम्युनिस्टभित्रै देखा परे, हामीले देशव्यापी अभियान चलाउनुप–यो ।मैले त पहिलो संसद् विघटन भएपछि त्यसलाई भिन्न प्रकारको जनयुद्ध नै ठानेँ । यो प्रतिगमनलाई परास्त गरिएन भने सबै उपलब्धि खतरामा पर्ने, देश खतरामा पर्ने, देश ठूलो दुर्घटनामा जाने र ३०–४० वर्ष सङ्घर्ष गर्नुपर्ने हो कि भन्ने देखेँ र यसलाई ‘लाइफ एन्ड डेथ’ कै सङ्घर्षका रूपमा हामीले लियौँ । तपाई युवाहरू त्यसमा सक्रियतापूर्वक लाग्नुभयो । हामीले हजारौँ र लाखौँ जनतालाई काठमाडौँका सडकमा उतार्यौँ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *