लुम्बिनी प्रदेशकी सांसद विमला वलीका बारेमा फेरी बाहिरियो अर्को रहस्य ..

Samchar

काठमाडौ । लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली केही दिन यता चर्चामा छन् । केही राजनीतिक विषय त केही उनका ब्यक्तिगत विषयले चर्चामा आएकी हुन् । कहिले आफु नेकपा एमाले हुँ भन्दै विज्ञप्ती जारी गर्ने त कहिले फेरी माओवादी केन्द्रमै फर्र्किए भन्दै पत्रकार सम्मेलन गर्ने विमला ओलीका बारेमा अन्तत फेरी अर्को रहस्य बाहिरियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनले आफुलाई जे दावी गरेपनि नेकपा खारेजपछि पनि एमालेमै रहेको कुरा प्रदेश सभा सचिवालयकै दस्तावेजबाट पुष्टि भएको छ। एमालेले आफूसँग रहन दबाब दिए पनि नेकपा माओवादी केन्द्र रोजेकी छु भन्दै पत्रकार सम्मेलन गरेर तत्कालिन मुख्यमन्त्री शंकर पोखरेललाई समेत गम्भिर आरोप लगाएकी सांसद वली एमालेकै सदस्य रहेको प्रमाण प्रदेश सभाले फेला पारेको हो।

हाल लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल एमालेले वलीले दल त्याग गरेको भन्दै उनलाई कारबाही गर्न (सांसद पदबाट हटाउन) प्रदेश सभा संसद सचिवालयसँग माग गरिरहेको छ। एमालेको विरोधका कारण अहिले संसद बैठक बस्न सकेको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *