लुत्रुक्क परेर माधवको शरण पर्न पुगे ओली

Samchar

प्रधानममन्त्री केपी शर्मा ओलीका भरपर्दा सत्ता सहयात्री पृथ्वीसुब्बा गुरुङ गण्डकीमा सत्ताच्यूत भएका छन् । यससँगै ओलीलाई ठूलै धक्का पुगेको छ । विपक्षी गठबन्धनले शनिबार गण्डकी प्रदेश सरकारको नेतृत्व लिएसँगै उनीहरूबीच कसिलो सम्बन्ध स्थापित भएको छ ।मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा बहुमत दाबी गरेका थिए । तर शनिबार प्रधानमन्त्री ओलीकै दबाबमा गुरुङ फेरि मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखसम्म पुगेका खबर बाहिर आएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जसपा र जनमोर्चाको ‘फेक’ समर्थनको दाबीसहित गुरुङले मुख्यमन्त्रीमा दाबी गरेपछि गण्डकीमा प्रतिगमनको खतरा बढेको शंका गरिएको थियो । तर कांग्रेस, माओवादी, एमाले माधव नेपाल समूह, जनमोर्चा र जसपाले अन्तिमसम्म पोखरेललाई नै समर्थन गरेपछि प्रदेश प्रमुख सीतादेवी पौडेल नयाँ मुख्यमन्त्री घोषणा गर्न बाध्य भइन् ।जसको निर्णायक ‘गेमचेञ्‍जर’ चाहिँ राजीव गुरुङतर्फ दीपक मनाङे बने । जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेपछि बहुमत जुटाउन सकस झेलिरहेको विपक्षी गठबन्धनले स्वतन्त्र सांसद मनाङेलाई आफूतिर ल्याएपछि सत्ता परिवर्तन हुन पुग्यो । जसकारण शनिबार ‘ओली-प्रतिगमन’का सहयात्री गुरुङलाई पछार्दै पोखरेल मुख्यमन्त्री बने ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *