लामो समय चुप रहेकी राष्ट्रपति भण्डारीले लिईन एक्सन ?

Samchar

राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्य हाँसिल गर्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले शुक्रबार आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत राष्ट्रपति भण्डारीले युवालाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताइन् । युवा शक्ति देशको शक्ति भएको भन्दै राष्ट्रनिर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने बताइन् । राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र आर्थिक र सामाजिक प्रणाली नै अवरुद्ध हुने बताइन् ।युवा विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासका लागि समेत प्रतिकूलता सिर्जना हुने उनको भनाइ छ । ‘रोजगारीका लागि युवा बिदेसिदा सामाजिक सांस्कृतिक मूल्य मान्यतामा बिचलन आएको छ। सीपको अभावमा वैदेशिक रोजगारीमा जाँदा न्यून आम्दानी हुनुका साथै स्वास्थ्य सुरक्षा र नोकरी पनि असुरक्षित हुने भएकाले त्यसतर्फ ध्यान दिन सुझाइन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *