लाइसेन्स ट्रायल खुल्ने दिनको टुंगो लाग्यो, अब ७० प्रतिशत ल्याए मात्रै पनि पास !

काठमाडौँ– लकडाउनका कारण ४ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल आगामी बिहीवारदेखि हुने भएको छ । लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको छ ।
काठमाडौँ उपत्यकामा यही भदौ १८ गते चालक अनुमतिका लागि ट्रायल शुरु हुने र उपत्यका बाहिर १५ दिनपछि हुने विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।‘काठमाडौँमा रहेको यातायात कार्र्यालयले १८ गतेबाट लाइसेन्सको लागि (ट्रायल) परीक्षा सञ्चालन गर्नेछन्’ उनले खबरहबसँग भने, ‘बाहिरका कार्यालयले दुईसाताभित्र सञ्चालन गर्छौ भनेका छन् ।’
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+