रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप ,प्रहरीद्वारा अश्रुग्याँस प्रहार

Samchar

काठमाडौैं – रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ ।

मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ ।
झडप स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ ।

मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

साह पक्षका कार्यकर्तासँग नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको हो । बाहिरका मान्छेलाई मौला बजार समेत आउन रोक लगाएर नगरसभा गर्न खोज्दा झडप भएको स्थानीयले बताएका छन् । उनका अनुसार प्रहरीले करिब ५० राउण्ड बढी आश्रुग्यास प्रहार गरेका छन् । ७ जना घाइते भएकोमा एकजनाको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाउने तयारी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *