रोनाल्डो शीर्ष स्थानमा : मेस्सी सातौंमा मात्रै !

Samchar

पोर्चुगलका चर्चित फुटबल क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सी बीचको प्रतिस्पर्धा केवल फुटबलको मैदान र फुटबलको विषयमा मात्रै छैन । यसबाहिर पनि यी दुई खेलाडीबीच प्रतिस्पर्धा हुन्छ । अर्थात्, गराइन्छ । यी दुई खेलाको प्रदर्शन, उपाधि, गोल संख्या, कीर्तिमान, अवार्ड संख्याबाहेक कसले कति कमाउँछ, को कति चर्चित छ भन्ने कुरामा पनि प्रतिस्पर्धा हुन्छ । उनीहरू स्वयंले यसमा प्रतिस्पर्धा गर्दैनन् । तर, तथ्यांकले त्यो देखाउँछ ।बेला–बेला चर्चामा आइरहने विषय यी दुईमध्ये सामाजिक सन्जालमा को बढी लोकप्रिय छ र कसका फ्यान बढी छन् भन्ने विषयले पनि चर्चा पाउँछ । त्यत्ति मात्रै हैन, यी दुईमध्ये सामाजिक सन्जालमार्फत् कसले बढी आम्दानी गर्छ भन्ने कुरा पनि चर्चा र तुलनाको विषय बन्ने गर्छ । र, फेरि एकपटक यो विषय समाचार बनेको छ । एक ताजा रिपोर्टमा सामाजिक सन्जाल इन्स्टाग्रामार्फत् चर्चित सेलिब्रेटीमा कसले कति कमाउँछ भनेर एक तथ्यांक सार्वजनिक भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
‘होपर एचक्यु’ले एक प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा विश्वभरबाट इन्स्टाग्रामर्फत् सर्वाधिक कमाइ गर्ने चर्चित सेलिब्रेटीहरूको सूची प्रकाशित गरेको छ । सो सूचीमा इटालियन युभेन्टस तथा पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा अघि रहेका छन् । यस सूचीमा फरक–फरक क्षेत्रका सेलिब्रेटीलाई समावेश गरिएको छ । सामाजिक सन्जालको यस प्लेटफर्ममा उनी सर्वाधिक फलोअर्स भएका सेलिब्रेटी यसअघिबाटै थिए ।तर, यसपटक पनि उनी सर्वाधिक कमाइ गर्ने सेलिब्रेटी पनि बनेका छन् । सबैखाले विधाबाट ३६ वर्षका रोनाल्डो इन्स्टाग्रामार्फत् सर्वाधिक कमाइ गर्ने सेलिब्रेटी बनेका हुन् । प्रतिवेदनअनुसार उनले इन्स्टाग्राममा गरेको एक पोस्टमार्फत् १.६ मिलियन अमेरिकी डडर आम्दानी गर्छन् । यो नेपाली रुपैयाँ १९ करोड २ लाखभन्दा बढी हो । इन्स्टाग्रममा कुनै पनि सेलिब्रेटीले प्रतिपोस्ट गर्ने आम्दानी यो आजसम्मकै कीर्तिमानी हो । रोनाल्डोलाई अहिले इन्स्टाग्रममा ३०३ मिलियनभन्दा बढी मानिसले फलो गरेका छन् ।रोनाल्डोछि दोस्रो स्थानमा चर्चित अमेरिकी अभिनेता डनी जोनसोन रहेका छन् । उनले इन्स्टाग्रममा प्रतिपोस्ट १.५२ अमेरिकी डलर आम्दानी गर्छन् । सर्वाधिक कमाइ गर्नेको सूचीमा फुटबल खेलाडीमा २ जना मात्रै छन् । जसमा रोनाल्डोपछि अर्जेन्टिनाका लिओनल मेस्सी छन् । उनी फुटबलतर्फ दोस्रो तथा समग्रमा सातौं स्थानमा छन् । उनले प्रतिपोस्ट इन्स्टाग्रामा १.१६ मिलियन अमेरिकन डलर कमाइ गर्छन् । पूरा सूची तल हेरौं–***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *