रोनाल्डो प्रभाव: युनाइटेडको शेयर ६ प्रतिशतले बढ्यो, इन्स्टाग्राममा २ मिलियन फलोअर थपिए

Samchar

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने घोषणा गरेसँगै म्यानचेस्टर युनाइटेड क्लब र यसका फ्यानहरुमा खुशीयाली छाएको छ ।रोनाल्डोसँग खेलेका पूर्व खेलाडी तथा क्लबक पूर्व खेलाडीहरुले रोनाल्डोको पुनरागमनको प्रशंसा गरेका छन् । त्यस्तै युनाइटेडको व्यवस्थापनको पछिल्ला बर्षहरुमा गरेको मध्ये यसलाई उत्कृष्ट निर्णय भनिरहेका छन् । यसैबीच शुक्रबार म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई भित्र्याएको जानकारी दिएपछि स्कटबजारमा म्यानचेस्टर युनाइटेडको शेयर मुल्य ६ प्रतिशतले बढेको छ ।

द सनका अनुसार युनाइटेडको शेयर मुल्य ९.८ प्रतिशतसम्म बढेको थियो भने शुक्रबार कारोबार सकिदा ६ प्रतिशतले बढेको छ । १७.३८ डलरमा खुलेको- युनाइटेडको शेयर १९.९ डलरसम्म पुगेको थियो भने कारोबार सकिदा १८.३७ डलरमा आएर रोकिएको छ । त्यस्तै रोनाल्डोको पुनरागमनको- घोषणा हुना साथ म्यानचेस्टर युनाइटेडको सामाजिक सञ्जालमा पनि फलोअर व्यापक बढेका छन् । इन्स्टाग्राममा मात्र रोनाल्डो भित्र्याउने घोषणा गएपछि अहिलेसम्म करिब २ मिलियन फलोअर बढेका छन् ।रोनाल्डोले अब युनाइटेडका लागि पोर्चुगलको लिस्बनमा मेडिकल गर्ने छन् भने उनले सम्भवत अन्तर्राष्ट्रिय ब्रेकपछि सेप्टेम्बर ११ मा मात्र युनाइटेडका लागि पहिलो खेल खेल्ने छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *