रोकिएका परीक्षा भदौ २८ देखि असोज २० गतेसम्म सञ्चालन गर्नेगरी तालिका सार्वजनिक ! (तालिकासहित)

Samchar

यही भदौ २८ गतेदेखि दसैंको अघिल्लो दिन अर्थात असोज २० गतेसम्म परीक्षा लिनेगरी मध्यपश्चिम विश्व विद्यालयले परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। विभिन्न तहका वार्षिक र मौका परीक्षा यो मितिमा सञ्चालन हुने भएका हुन् कार्यतालिका अनुसार विश्वविद्यालयले वीएसी, वीएससी सीएसआइटी, वीए, वीएड, वीवीएको आठौं सेमेष्टरका मौका परीक्षा, सेमेष्ट नै ग्याभ भएका एमवीएका पहिलो र तेस्रो सेमेष्टर वार्षिक परीक्षा लिन लागेको छ। यस्तै वीएड, एमएड, वीवीए, वीएचएम, वीटीटीएम वीवीएस, वीएमसी, एमवीए, वीए, एमए, वीइ सीभील र कम्प्यूटर होइड्रोका दोस्रो, चौथो र छैटौं सेमेष्टरका वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको विश्व विद्यालयले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जस अनुसार पहिलो दिन (भदौ २८ गते) विज्ञान तथा प्रविधि संकायका स्नातक तहका वीएसी र वीएसी सीएआइटीका आठौं सेमेष्टरका मौका परीक्षा र अन्तिम दिन (असोज २० गते) शिक्षा शास्त्र संकायअन्तरगत वीएड चौथो सेमेष्टरका परीक्षाहरू हुनेछन्। सेमेष्टर ग्याभ भएका परीक्षाहरू बिहान ८ बजेदेखि १०:३० बजेसम्म र अन्यको सन्दर्भमा मध्यान्न १२ बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन हुनेछन्।

विद्यार्थीहरूले अनलाइन वा भौतिक उपस्थितिमध्ये कुनै एउटा माध्यम रोजेर परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा. आनन्दप्रसाद सुवेदीले जानकारी दिए। तर, प्रयोगात्मक पत्र, प्रतिवेदन लेखन, ट्रम पेपरलगायत विषयको परीक्षा लिखित परीक्षा सकिएको १५ दिनभित्र परीक्षा नियन्तण कार्यालयमा पुग्ने गरी सम्बन्धित क्याम्पसले कार्यतालिका बनाएर परीक्षा लिनेछन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *